आर्मीलाई ७४ रनमा अलआउट गर्दै पुलिसले जित्यो जय ट्रफीको उपाधि
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह अबको केही दिनभित्रै सरकारमा सहभागी हुने भएको छ । आफूहरू अबको केही दिनमै सरकारमा सहभागी हुने तयारी भएको जसपाको महन्थ ठाकुर समूहका नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
तर जसपाको उपेन्द्र यादव समूह भने यसअघि देखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा उभिएकाे छ । यो समूहले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भन्दै आइरहेको छ । जसपाको एउटा समूह सरकारमा जाने तयारी गरिरहँदा अर्को समूह विपक्षी गठबन्धनको साथमा रहेको छ । यसले जसपा औपचारिक रूपमा फुटको सङ्घारमा पुगेको छ ।
प्राविधिक रूपमा एउटै पार्टी भए पनि व्यावहारिक रूपमा उनीहरू फरक गतिविधिसहित अघि बढिरहेका छन् । विवाद बढ्दै जाँदा दुवै समूहले एकले अर्को समूहलाई कारबाही गर्दै अघि बढेका छन् ।
जसपाका दुई अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरले एकले–अर्कालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गरेका छन् । उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरिदिएको छ । यस्तै अध्यक्ष महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाई पनि साधारण सदस्यबाटै निष्कासन गरेकाे छ ।
दुवैले कारबाहीको जानकारी निर्वाचन आयोगलाई गराएको छ । आयोगले भने कारबाहीका लागि थप विवरण पेस गर्न माग गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।