वायु सेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गर्न उ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – नारायण वाग्ले, खगेन्द्र संग्राैलासहितका १८ नागरिक अगुवा पक्राउ परेका छन् । आफूहरू बालुवाटारबाट पक्राउ परेको र अहिले कमलपोखरी प्रहरी वृत्तमा रहेको वाग्लेले उज्यालोलाई जानकारी दिनुभयो ।
सत्ता निकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शन गर्ने क्रममा आफूहरूलाई पक्राउ परेको वाग्लेको भनाइ छ । चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायत विषयमा विरोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको उहाँले बताउनुभयो ।
नागरिक अगुवाहरूले ‘स्वास्थ्य सेवा हो व्यापार होइन’, ‘सरकार सेवक हो मालिक होइन’, ‘निजी अस्पताल खोल्न प्रधानमन्त्री खटिने सरकारी अस्पतालबाट बिरामी लखेटिने’ लगायत लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए ।
निषेधाज्ञाको समयमा प्रदर्शनमा निस्किएकाले आफूहरूले प्रदर्शनमा लागेकाहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राम थापा मन
June 11, 2021, 12:36 p.m.अब सरकार पतन हुने पक्का हुनि भए पछी आफ्नो बचेखुचेको पावर लगाएर आफ्नो लाई मेडिकल कलेज खोल्न दिए पछी चुनावमा लगानी गर्दिन्छ्न नि त जनता र नागरिक अगुवा जान्नी हुनि