उपेन्द्र यादवको आरोप : निर्वाचन आयोग निष्पक्ष भूमिकामा रहन सकेन

 असार १, २०७८ मंगलबार १३:१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाउनुभएको छ । आयाेगले दुवै समूहले गरेको कारबाही नीतिगत नरहेको भन्दै कारबाही बदर गर्दै पदाधिकारीलाई पहिलेकै अवस्थामा रहन भनेपछि अध्यक्ष यादव आयोगसँग असन्तुष्ट बन्नुभएको हो । 

अध्यक्ष यादव समूहले दलसम्बन्धी ऐन २०७३ को दफा ५१ अनुसार अर्का अध्यक्ष महन्थ ठाकुरलगायत चार जना नेतालाई पार्टी अनुशासनसम्बन्धी कारबाही गर्दै पार्टीको जिम्मेवारीबाट हटाएको थियो । त्यो पत्र अध्यक्ष यादव समूहले अद्यावधिक गर्न भन्दै आयोगलाई पत्र पठाएको थियो । यादव समूहले गएको जेठ १७ गते बसेको कार्यकारिणी समितिको बहुमत सदस्यको निर्णयको प्रतिलिपिसमेत उपलब्ध गराएको थियो ।

आयोगको यो निर्णयले निर्वाचन आयोगबाट निष्पक्ष, तटस्थ भूमिका निर्वाह हुन नसकेको र पूर्वाग्रहपूर्ण रहेको आफूहरूको निष्कर्ष रहेको अध्यक्ष यादवले आरोप लगाउनुभएको छ । विज्ञप्तिमार्फत उहाँले राजनीतिक दलको बहुमतको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य, मान्यता, विधि र पद्धतिको सम्पूर्ण रूपले अवज्ञा, उपेक्षा र तिरस्कार गरिएको समेत बताउनुभएको छ । 

चार जना पदाधिकारी एवम् कार्यकारिणी समिति सदस्यलाई कार्यकारिणी समितिको बैठकको बहुमतले विधिवत् निष्कासन गरी त्यसको अभिलेख अद्यावधिक गर्नका लागि माग गरेकोमा आयोगले पुरानै अवस्था कायम रहने निर्णय गर्नु गलत रहेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया