एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – पहिरोले बन्द भएको महाकाली राजमार्ग खुलेको छ । बैतडीकाे सतबाँझ–गोकुलेश्वर सडक खण्डअन्तर्गत सुर्नया गाउँपालिका– ३ धरमघर भन्ने ठाउँमा पहिरो खसेपछि सडक बन्द भएको थियो । शुक्रवार बिहान नौ बजेदेखि ठप्प राजमार्गकाे पहिरो पन्छाएर दिउँसोदेखि खुलाइएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव अधिकारीले जानकारी दिनुभयो ।
केही दिनअघि परेको लगातारको वर्षाका कारण पहिरो खसेको थियो । राजमार्ग बन्द हुँदा गाडी आवतजावतमा समस्या हुँदा यात्रु अलपत्र परेका थिए । बन्द राजमार्ग खुलेसँगै गाडीकाे आवतजावत सुरु भएको छ ।
पहिरोका कारण बन्द भएका देशका विभिन्न ५८ वटा सडकमध्ये २९ वटा एकतर्फी र २७ वटा सडक दुईतर्फी नै खुलेका सडक विभागले जनाएको छ ।
साँफेबगर– मार्तडी सडक खण्डमा पर्ने बाजुराको बल्दे–अम्कोट, डुम्रे–बेसीसहर–चामे सडक खण्डमा पर्ने मनाङको तिमाङ–छहरा, तिमाङ खोला, धारापानी, बगरछाप तथा लमजुङमा पर्ने रामबजार, अर्खले, च्याम्चे, घट्टे खोला लामो समयदेखि बन्द छन् ।
त्यस्तै अरनिको राजमार्गमा पर्ने सिन्धुपाल्चोकको लिपिङ पुल र कोदारी, रसुवाको त्रिशूली खोला, भार्खुखोला र गाँजाबारीको सडक बन्द रहेको छ । बन्द भएका सडक खुलाउने प्रयास भइरहेको विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।