राष्ट्रपतिले प्रधानमन्त्री ओलीकाे कार्यकर्ता जस्ताे भएर काम गर्नुभयाे : देउवा

 असार १२, २०७८ शनिबार १९:२८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता जस्तो भएर काम गरेको आरोप लगाउनुभएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार विपक्षी गठबन्धनले पत्रकारहरुसँग गरेको अन्तरक्रियामा बोल्दै सभापति देउवाले संविधानको संरक्षक र सबैको साझा अभिभावकको रुपमा संविधानले निर्दिष्ट गरेको भूमिका निर्वाह नगरेर राष्ट्रपति  भण्डारीले प्रधानमन्त्री ओलीको कार्यकर्ता जसरी काम गरेको दाबी गर्नुभएको हो । संसदको कुनै पनि सांसदले बहुमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा प्रधानमन्त्री हुन सक्ने व्यवस्था संविधानले गरेको उल्लेख गर्दे उहाँले बहुमत पुर्‍याएर प्रस्ताव लैजाँदा पनि राष्ट्रपतिले संविधानको व्यवस्था अनुसार प्रधानमन्त्रीमा नियुक्त नगरेर ओलीको इसारामा चलेको आरोप लगाउनुभयो । उहाँले राष्ट्रपतिले संविधानमा भएको व्यवस्था कार्यान्वयन नगरेकाले आफूहरु संविधानको अन्तिम व्याख्या गर्ने संस्था अदालत समक्ष पुग्न बाध्य भएको बताउनुभयो ।

सभापति देउवाले प्रधानमन्त्री ओली अधिनायकवादी भएको दाबी पनि गर्नुभयो । अधिनायकवादी र सर्वसत्तावादी शैलीका ओलीले आफ्नै पार्टीका नेतालाई पनि बाँकी नराखेको टिप्पणी सभापति देउवाले गर्नुभयो ।

उहाँले भन्नुभयो, “प्रधानमन्त्री ओली न प्रजातन्त्रवादी हुन्, न त संविधानवादी हुन् । प्रधानमन्त्री ओली अधिनायकवादी हुन् । आफ्नै पार्टीकालाई त छाडेनन् अरुलाई के गन्थे ।”

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया