यी सडक खण्ड अझै बन्द

 असार १३, २०७८ आइतबार १०:५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - पहिरो गएर बन्द भएका केही सडकमार्ग खुलाउन समस्या भएको छ । मनसुन सुरु भएपछि बन्द सडक खुलाउने प्रयास भए पनि पहिरो पन्छाउन नसक्दा सडकमार्ग अझै ठप्प छन् ।

डुम्रे बेसीसहर–चामे सडक खण्डमा पर्ने मनाङको तिमाङ–छहरा मनसुन सुरु हुनुभन्दा अघि गएको जेठ १६ गतेदेखि नै बन्द  छ।

यो सडक खण्डमा पर्ने मनाङको तिमाङ खोला, धारापानी र बगरछाप तथा लमजुङ जिल्लामा पर्ने रामबजार, अर्खले, च्याम्चे र घट्टे खोलाको सडकमार्ग गएको १ गतेदेखि बन्द छन् । साँफेबगर मार्तडी–कोल्टी सडक खण्डमा पर्ने बाजुराको बल्दे अम्कोट सडकमार्ग गएको जेठ मसान्तदेखि बन्द रहेको छ।

अरनिको राजमार्गमा पर्ने सिन्धुपाल्चोकको लिपिङ पुल र कोदारी, रसुवाको त्रिशूली खोला, सानो भार्खु र गाँजाबारी गएको १ गतेदेखि नै बन्द छ । वीपी राजमार्गमा पर्ने काभ्रेको माम्तिखोलाको सडकमार्ग हिजोदेखि बन्द भएको छ । मनसुन सुरु भएपछि अहिलेसम्म देशभरका ५९ वटा राजमार्ग तथा सडकमार्ग ठप्प भएका थिए ।

ती मध्ये १७ वटा सडक मर्मतपछि खुलाइएको छ भने २९ वटा सडकमार्ग एकतर्फी मात्रै सञ्चालनमा छन् । १३ वटा सडक खुलाउने काम भइरहेको सडक विभागले जनाएको छ ।

कुन सडककाे अवस्था कस्ताे छ हेर्न यहाँ क्लिक गर्नुहाेस् । 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया