‘सधैँ संस्कार र मर्यादाका कुरा गर्ने प्रधानमन्त्रीकाे भाषण रेकर्ड गरेर राख्नुपर्छ’

 असार १४, २०७८ सोमबार २०:६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिहरू महत्त्वपूर्ण रहेको भन्दै ती भाषणलाई रेकर्ड गर्न व्यङ्ग्यात्मक सुझाव दिनुभएको छ ।

सोमवार विपक्षी गठबन्धनले बुद्धिजीवीहरूसँग गरेको अन्तरक्रियामा बोल्दै नेता नेपालले सधै संस्कार र मर्यादाका कुरा गर्नेले नै अरूको मर्यादा राख्न नसकेको धारणा राख्नुभएको हो । उहाँले नेतृत्वका कार्यशैलीलाई नै कार्यकर्ताले अनुशरण गर्ने भन्दै प्रधानमन्त्री ओलीका आइतवार र सोमवारका भाषण रेकर्ड गरेर राख्न सुझाव दिनुभयो । 

प्रधानमन्त्री ओलीले राष्ट्रपति र प्रधानमन्त्रीलाई नेताहरूले सम्मानपूर्ण सम्बोधन र भाषा प्रयोग नगरेको भन्दै बेला–बेलामा संस्कार र संस्कृतिका कुरा गर्दै आउनुभएको छ । उहाँले सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा विपक्षी गठबन्धनका नेतासँगै नेता नेपालको तिखो आलोचना गर्नुभएको थियो । प्रधानमन्त्रीकाे अभिव्यक्तिप्रति लक्षित गर्दै नेता नेपालले प्रधानमन्त्री ओलीका भाषण ध्यान दिन लायक रहेको भनी व्यङ्ग्य गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘हामी आफै संस्कृति र संस्कारको कुरा गर्छाैँ, हामी आफू अरूको मान सम्मानको कुरा गर्छाैँ तर हामी आफैँ त्यस्तो गर्छाैँ । यसमा नम्बर वान कोही छ भनेर खोज्दाखेरी आज हिजोको हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्ति । उहाँको भाषण तपाईँहरू सबैले रेकर्ड गरेर राख्नुहोला । ध्यान दिन लायक छ । हिजोको पनि आजको पनि । म पनि खोजिरहेको छु । सबै कुरा ध्यान दिनुपर्ने खालको रहेछ । सबैले सिक्नै पर्छ । पोजेटिभ सिकौँ या नेगेटिभ सिकौँ, सिक्नु चाहिँ पर्छ । माथि कस्तो छ त्यसको असर तल पर्छ । ‘मलाई बहुलाहा कुकुरले टोकेको छ र भनेर कति राम्रा कुरा गर्नुभएको छ उहाँले सबैको ध्यान जाओस् ।’ 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया