गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमालाई नै समाप्त पारेको आरोप लगाउनुभएको छ ।
विपक्षी गठबन्धनले सोमवार सङ्घीय संसद् भवनको लोत्से हलमा बुद्धिजीवीहरूसँग गरेको अन्तरक्रियामा बोल्दै सभापति देउवाले संविधानले दिएको राष्ट्रपतिको पदीय जिम्मेवारी र कर्तव्य पूरा नगरेर राष्ट्रपति भण्डारीले पदीय गरिमालाई नै समाप्त पारेको बताउनुभएको हो ।
संसद्को कुनै पनि सांसदले बहुमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा प्रधानमन्त्री हुन सक्ने व्यवस्था संविधानले गरेको उल्लेख गर्दै उहाँले बहुमत पुर्याएर प्रस्ताव लैँजादा पनि राष्ट्रपतिले संविधानको व्यवस्थाअनुसार प्रधानमन्त्रीमा नियुक्त नगरेर ओलीको कार्यकर्ता बनेको दोहोर्याउनुभयाे ।
संविधानको अन्तिम व्याख्या गर्ने संस्था अदालत भएको र न्यायालयको निष्पक्षता तथा स्वतन्त्रतामा विश्वास गर्ने उल्लेख गर्दै उहाँले संविधानमा भएको व्यवस्थाअनुसार नै अदालतको फैसला आउनेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो । उहाँले अदालतले स्वतन्त्र न्यायालयको छवि कायम नै राख्नेमा आफू विश्वस्त रहेको पनि बताउनुभयो ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?’भनी प्रश्न गर्नुभयो । देउवाले भन्नुभयो, रेस्पेक्ट गर्न सक्ने व्यक्तिले देश बनाउँछ । छुद्र भाषामा बोलेर केही हुँदैन । छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?
प्रधानमन्त्री ओलीले सोमवार राजधानीमा आयोजित सार्वजनिक कार्यक्रममा सभापति देउवालाई लोकतान्त्रिक मूल्य मान्यता छाडेर प्रचण्डपथमा हिँडेको भन्दै विपक्षी गठबन्धनमा सहभागी दलका शीर्ष नेतामाथि तिखो टिप्पणी गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।