वायु सेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गर्न उ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – महानगरीय प्रहरी अपराध महाशाखाले सवारी साधनको किर्ते कागजात बनाउने गिरोहलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भन्सार छली गरी चोरी गरेर ल्याएको सवारी साधनका नक्कली सवारी दर्ता किताबसमेत तयार गरी कारोबार गर्ने चार जनाको गिरोहलाई पक्राउ गरेको हो ।
ग ३ च १४६२ र प्रदेश ३–०१०२४ च ०२५३ नम्बर प्लेटको हुण्डाई कम्पनीको क्रेटा गाडीहरू भन्सार छली काठमाण्डाै ल्याइ ती सवारी साधनको नक्कली सवारी दर्ता किताबलगायतका कागजात तयार गरी कारोबार गर्ने लमजुङकाे सुन्दरबजार नगरपालिका ३ घर भइ काठमाण्डाैकाे सामाखुसी बस्ने कमलबाबु भट्टलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । यस्तै प्रहरीले भक्तपुरकाे चाँगुनारायण नगरपालिका ८ का अरुण खड्का र चाँगुनारायण २ का मधु सिलवाल पनि रहेको महानगरीय अपराध महाशाखा प्रमुख चन्द्र कुबेर खापुङले बताउनुभयो ।
त्यस्तै गाडीमा फेला परेको कमल बाबु पुरीको नामको नक्कली सवारी दर्ता किताब तयार गर्न संलग्न रहेका मोरङकाे बयरबन घर भइ काठमाण्डाैकाे शान्तिनगरमा बस्ने रेवती रमन निरौलालाई पनि प्रहरीले पक्राउ गरको छ । निरौलाको कोठाबाट विभिन्न व्यक्तिको नाममा रहेको शैक्षिक प्रमाणपत्र, सरकारी कार्यालयका छापहरू, होलो ग्राम, लाइसेन्स, राहदानी लगायत सरकारी लिखितहरू समेत बरामद भएको महाशाखाका प्रमुख खापुङले बताउनुभयो ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाण्डाै पठाइएको महानगरीय अपराध महाशाखाले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।