एमालेको दशौँ महाधिवेशन आयोजक कमिटी भङ्ग, खनाल–नेपाल समूहमाथिको कारबाही निष्क्रिय

 असार १६, २०७८ बुधबार १४:५१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेको दशौँ महाधिवेशन आयोजक कमिटी भङ्ग भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कमिटीको अन्तिम बैठकले महाधिवेशन आयोजक कमिटी भङ्ग गर्दै केन्द्रीय कमिटी सक्रिय बनाउने निर्णय गरेको हो ।

यस्तै आजको बैठकले पार्टीको स्थायी कमिटीमा आठ जना सदस्य थप्ने निर्णयसमेत गरेको छ । माओवादीबाट आएका चार जना र एमालेका चार जनालाई स्थायी कमिटीमा थप्ने निर्णय भएको बैठकपछि प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्त तथा माओवादीबाट आएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको हो ।

यस्तै महाधिवेशन आयोजक कमिटी खारेज भएसँगै कारबाहीमा परेका खनाल–नेपाल समूहका ११ जनामाथि गरिएको कारबाहीसमेत निष्क्रिय भएको छ ।

सर्वोच्च अदालतले दिएको पछिल्लो अन्तरिम आदेशले महाधिवेशन आयोजक कमिटीले गरेको कारबाहीको निर्णयले वैधानिकता नपाएपछि एमालेलाई माओवादीसँग एकताअघिकाे २०७५ को जेठ २ गतेकै केन्द्रीय कमिटी बिउँताउनुपर्ने बाध्यात्मक अवस्था रहेको थियो । त्यही बाध्यताअनुसार आजको बैठकले महाधिवेशन आयोजक कमिटी भङ्ग गर्ने, केन्द्रीय कमिटी बिउँताउने र स्थायी कमिटीमा आठ जना सदस्य थप गर्ने निर्णय गरेको हो । 

यसैबीच एमालेकाे केन्द्रीय कमिटी बैठक यही १८ गते बस्ने भएकाे छ । 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया