जेसुकै भए पनि मूल्यकाे राजनीति छाेडिँदैन : माधव नेपाल

 असार १६, २०७८ बुधबार २०:५:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सिङ्गो व्यवस्था नै खतरातिर गइरहेकाे बताउनुभएकाे छ । विपक्षी गठबन्धनले गरेकाे नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीसँग बुधवार गरेको अन्तरक्रियामा बाेल्दै नेता नेपालले देशकाे राजनीति खतरातिर गइरहेकाे भन्दै देश जोगाउने अभिभारा सबैको भएकाले त्यहीअनुसार योगदान गर्न आह्वान गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति इङ्गित गर्दै उहाँले पार्टी नेतृत्वमा सकारात्मक सोच नभएको र नकारात्मक दृष्टि मात्रै रहेको बताउनुभयो । राजनीतिक परिर्वतन ल्याए पनि त्यहीअनुसारकाे संस्कारमा परिर्वतन हुन नसकेको टिप्पणी उहाँले गर्नुभयो ।

नेता नेपालले भन्नुभयो, ‘देश, लोकतन्त्र, संविधान, गणतन्त्र परिवर्तन सङ्कटको अवस्थामा छ । हाम्रो व्यवस्था नै खतरातर्फ गइरहेकाे छ । कतिपय अभिव्यक्ति र गतिविधि हेर्दा त्यसले राम्रो सन्देश, राम्रो सङ्केत दिइराखेको छैन । यसर्थ हाम्रो काँधमा निकै ठूलो जिम्मेवारी छ ।’

ओली प्रवृत्ति पुनरावृत्ति नहोस् भन्ने नै आफूहरूको मूल एजेण्डा भएको भन्दै उहाँले आफूले त्यस विषयमा मूल्यको राजनीति नत्याग्ने प्रतिबद्धता पनि जनाउनुभयो । उहाँले भन्नुभयो, ‘जेसुकै भए पनि म मूल्यको राजनीति नत्याग्ने भन्न चाहन्छु । विचार, सिद्धान्त, मूल्य र मान्यता । मान्यताका निम्ति जुन देशसँग जोडिएको होस्, नागरिकसँग जोडिएको होस् । समाजको परिवर्तनसँग जोडिएको होस् । यी मान्यता छोडिँदैन । पार्टीका कार्यकर्ताले छुवाछुत महिला हिंसाका विरुद्धमा, समाजमा अन्याय अत्याचारका विरुद्धमा दृढताका साथ उभिने हो भने नागरिक समाजले पनि हातेमालो गर्ने हो भने, राज्य पनि त्यहीअनुसार अगाडि बढ्ने हो भने यी चिजमा परिवर्तन गर्न सकिन्छ ।’  

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया