राजनीतिक परिवर्तन संस्थागत नगरेसम्म प्रतिगमनकाे खतरा कायमै रहन्छ : नेता यादव

 असार १६, २०७८ बुधबार २०:३१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक परिवर्तनलाई संस्थागत नगरेसम्म प्रतिगमनको खतरा कायमै रहने बताउनुभएकाे छ । विपक्षी गठबन्धनले गरेकाे नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीसँग बुधवार गरेको अन्तरक्रियामा बाेल्दै नेता यादवले यस्ताे बताउनुभएकाे हाे । 

विगतदेखि वर्तमानसम्म विभिन्न आन्दोलन र सङ्घर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्ने कामबाट राजनीतिक दलका नेताहरू चुकेको उहाँको तर्क थियो । प्रतिगमनलाई परास्त गर्न सजिलो नभएको र परिर्वतन संस्थागत भइ जीवन प्रणालीमा रूपान्तरण नभएसम्म प्रतिगमनकाे खतरा कायमै हुने भएकाले परिवर्तनलाई संस्थागत गर्ने काममा सबैको प्रयास हुनुपर्ने नेता यादवले बताउनुभयो ।

उहाँले देशको परिवर्तनलाई संस्थागत गर्नका लागि पनि विपक्षी दलको वर्तमान गठबन्धनलाई लामो समयसम्म लैजानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जबसम्म परिवर्तन सम्पूर्ण रूपले संस्थागत हुँदैन । प्रतिगमनको खतरा रहिरहने हुनाले अब यो गठबन्धनलाई हामीले लामो समयसम्म लैजानुपर्ने आवश्यकता छ र यहीँ आवश्यकतालाई महसुस गरेर नै लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्दै अघि बढ्ने हाम्रो प्रयास रहन्छ ।’

वर्तमान गठबन्धनले प्रतिगमन परास्त भएपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि खाका बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ । देशको परिवर्तनलाई जोगाउन सम्पूर्ण राजनीतिक दल एकजुट हुनुपर्ने नेता यादवले बताउनुभयो । 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया