पहिरोले ठाउँ-ठाउँमा सडक बन्द

 असार १७, २०७८ बिहीबार ८:१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - लगातारको वर्षासँगै आएको पहिरोका कारण विभिन्न सडक खण्ड बन्द भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाटमा पहिरोका कारण बिहानदेखि सडक बन्द भएको छ ।

यस्तै, पहिरोका कारण नारायणगढ–मुग्लिङ सडक खण्ड पनि ठप्प भएको छ । चितवनको पाँचकिलोमा गएराति खसेको पहिरोका कारण सडक खण्ड ठप्प भएको हो ।

यस्तै, पाल्पाको तिनाउ गाउँपालिका-३ सिद्धबाबामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्ड बन्द भएको छ । यो सडक खण्डमा हरेक दिनजसो पहिरो खस्ने गरेको छ । यस्तै, पहिरोका कारण काठमाण्डौ र हेटौँडा जोड्ने सडक पनि बन्द भएको छ ।

कास्कीको घाँसीकुवामा पहिरो खसेपछि पोखरा-घाँसीकुवा सडक खण्ड ठप्प रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र नारायणगढ-मुग्लिङ सडक खण्डमा पहिरो पन्छाउने प्रयास भइरहेको छ। राष्ट्रिय राजमार्गका विभिन्न ११ वटा ठाउँमा अझै सडक खुल्न नसकेको सडक विभागले जनाएको छ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया