एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै - लगातार परेको वर्षाका कारण मुग्लिङ-नारायणगढ सडक खण्डको यात्रा जोखिमपूर्ण बनेको छ । राति यो सडक खण्डको ठाउँ ठाउँमा खसेको पहिरो हटाएर अहिले सडक खुलाए पनि पानी परिरहेकाले पहिरोको जोखिम उत्तिकै रहेको प्रहरीले जनाएको छ ।
सडकमाथिबाट ढुङ्गा खस्ने क्रम नरोकिएको र पहिरो पनि झरिरहेकाले अत्यावश्यक काम नपरि यो सडक खण्डमा यात्रा नगर्न जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीको अनुरोध छ । ‘सडकमाथिबाट ढुङ्गा खसिरहेकाले यात्रु घाइते हुने जोखिम बढेको छ, पहिरो र असुरक्षा दुवैका कारण यो सडक खण्डको यात्रा खतरायुक्त भएकाले अहिले सकेसम्म यात्रा नगर्न अनुरोध गर्दछौँ’ – उहाँले भन्नुभयो ।
राति मुग्लिङ-नारायणगढ सडक खण्डको दुई किलो, चार किलो, पाँच किलोलगायत ठाउँ-ठाउँमा पहिरो खसेको थियो । तीन वटा डोजरको सहयोगमा पहिरो हटाएर अहिले सडक खुलाइएको छ । तर पानी परिरहेकाले लेदो बग्न छोडेको छैन ।
लामो समयसम्म सडक बन्द हुँदा अहिले गाडीको चाप बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।