बैठकका लागि माधव नेपाल र झलनाथ खनाललाई एमालेको निम्तो

 असार १७, २०७८ बिहीबार १४:५७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेले शुक्रवार (भोलि) बस्ने केन्द्रीय कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि निम्तो पठाएको छ ।

सबै केन्द्रीय सदस्यलाई इमेलमार्फत बैठकको निम्तो पठाइएको र नेपाल, खनालसहित केही वरिष्ठ नेतालाई इमेल, म्यासेज र फोनमार्फत निम्तो गरिएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले उज्यालोलाई जानकारी दिनुभयो । ‘वरिष्ठ नेताहरूलाई इमेलले मात्रै नपुग्ला भनेर इमेल हेर्न अनुरोध गर्दै म्यासेज पनि गरिएको छ र फोन पनि गरिएको छ, उहाँहरू सबै उपस्थित हुनुहुनेछ भन्ने हाम्रो अपेक्षा हो’, तामाङले भन्नुभयो ।

दशौँ महाधिवेशन आयोजक कमिटी भङ्ग गरेर बुधवार (हिजो) २०७५ सालको जेठ २ गतेकै कमिटी बिउँताउने निर्णय गरेको एमालेले आठ जना स्थायी कमिटी सदस्य पनि थपेको छ । तर माधव नेपाल–झलनाथ खनाल पक्षले आफूहरूलाई अलमलाउन ओलीले जेठ २ मा फर्केजस्तो नाटक गरेको र ठ्याक्कै पुरानो कमिटी बिउँताउन आलटाल गरिरहेको जनाएको छ । 

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया