सुनको भाउ तोलामा एक हजार दुई सय रुपैयाँले बढ्यो
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – राष्ट्रिय सभाको आठौँ अधिवेशन बिहीवार (आज) देखि सुरु भएको छ । प्रतिनिधि सभा दोस्रो पटक विघटन भएको अवस्थामा माथिल्लो सदन अर्थात् राष्ट्रिय सभाको आठौँ अधिवेशन आजदेखि सुरु भएको हो ।
आजको बैठकमा सरकार पक्ष विपक्षी दलका नेताहरूले धारणा राखेका छन् । विपक्षी दलका नेताहरूले केपी शर्मा ओलीकाे सरकारले लोकतन्त्र, संविधान र संवैधानिक संरचना ध्वस्त बनाइरहेको बताएका छन् ।
नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले ओलीले संविधान असफल बनाउन अध्यादेशमार्फत राज गरिरहेको आरोप लगाउनुभयो । तीन वर्षमा ओली सरकारले व्यापारी पोस्न निकुञ्ज मास्नेदेखि सरकारी जमिन कौडीका भाउमा दिएको, भ्रष्टाचारलाई संरक्षण गरेको, सङ्घीयता असफल बनाउन प्रदेश र पालिकालाई दिएको अधिकार खोसेर लडाइँ गरिहेको लगायतका आरोप लगाउनुभयो ।
संवैधानिक आयोगमा नियुक्तिको प्रक्रिया मिच्दै कार्यकर्ता भर्ना गरेर आयोगहरूलाई नै कमजोर बनाउने प्रयास भएको नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य अधिकारीकाे भनाइ छ ।
यस्तै माओवादी केन्द्रका सदस्य दीनानाथ शर्माले राजाहरूले पनि संविधान मिच्ने आँट नगरेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले आफूलाई संविधानभन्दा माथि राखेर संविधान र लोकतन्त्रमाथि आक्रमण गरिरहेको बताउनुभयो । ओलीको प्रतिगमन अहिलेको सबैभन्दा ठूलो सङ्कट रहेको भन्दै शर्माले ओलीलाई कसले कहाँबाट चलाइरहेको छ भन्दै प्रश्न गर्नुभयो ।
भारतलाई खुसी पार्न चुरे बेच्ने सम्मको काम ओलीले गर्न लागेको दिनानाथ शर्माले आरोप लगाउनुभयो ।
सत्तापक्षका सदस्यहरूले भने ओलीका कदमको बचाउ गरेका छन् । अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरू पेस गर्नुपर्ने नियमावलीको व्यवस्थाअनुसार आज अध्यादेशहरू पेस हुँदैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।