एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै, खनाल–नेपाल समूह सहभागी नहुने

 असार १८, २०७८ शुक्रबार ९:३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।

पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक बिहान ११ बजे बालुवाटारमा बस्न लागेको हो । तर  बैठकमा असन्तुष्ट पक्ष खनाल–नेपाल समूह भने सहभागी नहुने भएको छ । माधव नेपाल समूहका नेताहरुले आजको केन्द्रीय कमिटीको बैठक स्थगित गरेर एकताका लागि संवाद गर्न संस्थापन समूहलाई सुझाव दिएका छन् । 

हिजो बसेको खनाल–नेपाल समूहको बैठकले आज बोलाइएको बैठकमा नजाने निर्णय गरेको हो । यो समूहले अहिलेकै स्थितिमा बैठकमा सहभागी हुन नसकिने जनाएको छ । खनाल–नेपाल समूहले एमाले र माओवादी केन्द्रको एकता हुनुभन्दा अगाडिको केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै आए पनि ओलीले पूर्वमाओवादीका नेताहरूलाई समेटेर केन्द्रीय कमिटी बनाएकाले बैठकमा सहभागी नहुने नेता माधवकुमार नेपालले बताउनु भएको छ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया