सुनको भाउ तोलामा एक हजार दुई सय रुपैयाँले बढ्यो
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रूपान्तरण भएपछिको पहिलो बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन २३ सदस्यलाई निर्देशन दिएको छ । तर बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह भने उपस्थित भएको छैन । वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि भारतमा हुनुहुन्छ ।
उपाध्यक्ष वामदेव गौतम भने बैठकमा उपस्थित हुनुभएको एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतको गएको फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी एकताअघिकाे अवस्थामा पुगेपछि एमालेको फागुन २८ गतेको केन्द्रीय कमिटीको बैठकले आयोजक कमिटी गठन गरेकामा नेता नेपाल समूहले असन्तुष्टि जनाउँदै आएको थियो । खनाल–नेपाल समूहको हिजो बसेको बैठकले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।