खेलाडीको क्षमता अभिवृद्धि गर्न क्यानले ‘ब्याटिङ क्याम्प’ सञ्चालन ...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा एमालेको विधान महाधिवेशन साउन २५ गते गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेश भएको छ । आज बसेको केन्द्रीय समितिको बैठकमा महासचिव इश्वर पोख्रेलले सांगठनिक प्रतिवेदन पेश गर्दै सबै जिल्लाबाट साउन ५ भित्र सदस्यता विवरण पठाउने र साउन २५ गते विधान महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको हो ।
यस्तै भदौ ५ गते वडा अधिवेशन र १५ गते नगरपालिका र गाउँपालिकाहरुको अधिवेशन गर्न प्रस्ताव गरिएको छ । विधान महाधिवेशनको लागि मुख्य नेताहरुलाई विभिन्न जिम्मेवारी दिइएको छ । बैठकमा प्रतिनिधिसभाको चुनाव र एमालेको महाधिवेशन जुध्ने अवस्थामा महाधिवेशनलाई आउँदो बैशाखसम्म सार्न सकिने प्रस्ताव पनि पेश भएको छ ।
हिजो सहभागी नभएको माधव नेपाल पक्ष आजको बैठकमा पनि उपस्थित भएन । कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षर सोमबार साँझभित्र फिर्ता लिन अध्यक्ष ओलीले निर्देशन दिए पनि नेता नेपाल पक्षले भने माग पूरा नभएसम्म हस्ताक्षर फिर्ता नलिने र बैठकमा नजाने अडान लिएको छ ।
नेता नेपालले आज विघटित संसदका सांसदहरुसँग सल्लाह पनि गर्नुभएको छ । एमालेलाई जेठ २ मा जस्ताको तस्तै फर्काएर बैठक बोलाउन नेपाल पक्षको माग छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।