खेलाडीको क्षमता अभिवृद्धि गर्न क्यानले ‘ब्याटिङ क्याम्प’ सञ्चालन ...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतवार (आज) पनि बहस भइरहेको छ । आज सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका छन् ।
बहसका क्रममा अधिवक्ता मेघराज पोखरेलले प्रतिनिधि सभाका एक सय ४६ जना सांसद हस्ताक्षरसहित अदालतमै उपस्थित भएकाले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने प्रशस्तै आधार रहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री नियुक्त गर्ने थलो संसदलाई मौका नै नदिइ राष्ट्रपतिले क्षेत्राधिकार मिचेको दाबी गर्नुभयो ।
अधिवक्ता पाेखरेललाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रिट दर्ता गर्ने एक सय ४६ जना सांसदको सङ्ख्याका आधारमा अदालतले प्रधानमन्त्री नियुक्त गर्ने आदेश दिनु चाँहि कत्तिको संवैधानिक हुन्छ भनेर प्रश्न गर्नुभएको छ । धारा ७६ को उपधारा पाँचले अदालतले कुनै व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्ने कल्पना गरेको छ कि छैन भनेर पनि जिज्ञासा राख्नुभएको छ ।
‘एक सय ४६ जना अदालतमा आएका छन् । अब उनीहरूसँग बहुमत छ भनेर अदालतले नै प्रधानमन्त्री नियुक्त गर्न मिल्छ त ?’ राणाले प्रश्न गर्नुभयो ।
सभामुख सापकोटा तर्फका कानुन व्यवसायीहरूका लागि दुई घण्टा समय तोकिएको छ । सभामुख सापकोटातर्फका कानुन व्यवसायीको बहस सकिएपछि रिट निवेदकका कानुन व्यवसायीले तीन घण्टा जवाफी बहस गर्नेछन् ।
यस्तै एमिकस क्युरीमा रहेका चार सदस्यले अन्तिममा आफ्नो राय प्रस्तुत गर्नेछन् । उनीहरूका लागि ३०/३० मिनेट गरेर जम्मा दुई घण्टाको समय छुट्याइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।