नेपालसहित २३ सांसदको हस्ताक्षर फिर्ता गर्न एमालेले दिएको अल्टिमेटम आज सकिँदै

 असार २१, २०७८ सोमबार ९:४८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेले माधवकुमार नेपालसहित पार्टीका २३ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम आज सकिँदैछ । 

गएको शुक्रवार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले हस्ताक्षर फिर्ताको लागि आज बेलुकी ५ बजेसम्मको अल्टिमेटम दिएको हो । हस्ताक्षर फिर्ता नलिए उनीहरु एमाले नै नरहने अध्यक्ष केपी शर्मा ओलीले चेतावनी दिनुभएको छ । तर माधव नेपाल समूहले हस्ताक्षर फिर्ता नगर्ने प्रतिक्रिया दिइसकेको छ । 

ओली र नेपालको अडानका कारण पार्टी एकतालाई टुङ्गोमा पुर्याउने दोस्रो तहका नेताहरुको प्रयास सफल हुन सकेको छैन । पार्टी उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताउनुभएको छ । 

हिजो राष्ट्रिय सभाको बैठकपछि पत्रकारसँगको कुराकानीमा उहाँले दुई जनाको रिस शान्त नभएसम्म दोश्रो तहका नेताको प्रयास पनि सार्थक नहुने भन्दै दुवैलाई मिलाउन आफू लागिपरेको बताउनुभएको हो ।
 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया