गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै – राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशमा जाने सरकारको कदम निरङ्कुश नभएको दाबी गर्नुभएको छ ।
सोमवारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य दाहालले पहिलो पटक विघटित प्रतिनिधि सभा पुनर्स्थापनापछि पनि केही काम गर्न नसकेकाले वर्तमान अवस्थामा चुनावमा जानु नै सही निर्णय भएको जिकिर गर्नुभयो ।
उहाँले चुनावकाे विरोध गर्ने विपक्षीहरूसँग जनतामा जानेने हिम्मत नभएको दाबी पनि गर्नुभयो । राष्ट्रिय सभा सदस्य दाहालले भन्नुभयो, ‘विपक्षीहरू कसैसँग पनि जनतामा जाने हिम्मत देखिएको छैन ।’
उहाँले संसदीय अभ्यासका नाममा गैरसंवैधानिक अभ्यासहरू देखिएको तथा अनधिकृत र असंसदीय अभ्यास सुरु भएको दाबी गर्नुभयो । उहाँले निर्लज्ज ढङ्गले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइ दिनुपर्याे भन्दै नसुहाउँदो ढङ्गले नेकपाका वरिष्ठ नेताहरू हस्ताक्षरसहित राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा लाइन लागेको टिप्पणी गर्नुभयो ।
सरकारले कोभिड–१९ काे दोस्राे लहरको समयमा अत्यधिक आवश्यक परेको अक्सिजन उपलब्धता र खोप आयातमा निकै राम्रो काम गरेको राष्ट्रिय सभा सदस्य दाहालले दाबी गर्नुभयो । उहाँले विपक्षी दलहरूले सरकारले गरेका राम्रा काम देख्न नसकेको टिप्पणी गर्नुभयो । संसदीय प्रणालीमा राष्ट्रिय सभा मात्रै अपूर्ण हुने भएकाले प्रतिनिधि सभा विना राष्ट्रिय सभाले कुनै पनि ऐन बनाउन नसक्ने उहाँले बताउनुभयो ।
बाढी र पहिरोबाट देशका विभिन्न ठाउँमा जनधनको क्षति भएको भन्दै राष्ट्रिय सभा सदस्य दाहालले राहत, पुनर्स्थापनाकाे माग गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।