सरकारका धेरै वेबसाइटमा पुरानै नक्सा छ, सच्याइयाेस् : खिमलाल देवकाेटा

 असार २१, २०७८ सोमबार १६:५०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले सरकारका धेरै वेबसाइटमा नेपालको पुरानो नक्सा नै रहेको भन्दै सच्याउन अनुरोध गर्नुभएको छ । 

राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि सोमवारको बैठकको विशेष समयमा पहिलो पटक बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले सरकारका धेरै निकायमा पुरानो नक्सा नै रहेकाले सच्याउनुपर्ने आवश्यकता औँल्याउनुभएको हो । 

भनाइका क्रममा उहाँले शपथसम्बन्धी अध्यादेश ल्याउनुबाट सरकारको संविधानप्रति विश्वास नभएको स्पष्ट देखिएको बताउनुभयो । अघिल्लो दिन गलत शपथ लिएकोमा भोलिपल्ट सच्याएर शपथ लिन लगाउनुपर्ने राष्ट्रपतिले शपथसम्बन्धी अध्यादेश जारी गरेर संविधान विपरीत काम गरेको टिप्पणी देवकोटाले गर्नुभयो । 

उहाँले राष्ट्रपतिको यो कदमले संविधानको संरक्षण र संवर्द्धन हुन नसक्ने बताउनुभयो । 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया