‘कालाे झण्डा लिएर सडकमा जाने अवस्था नभएर कालाे क्याप उचालेर विराेध जनाएकाे हुँ’

 असार २१, २०७८ सोमबार १८:१०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य रमेशजङ्ग रायमाझीले राष्ट्रिय सभाको बैठकमा कालो टोपी उचालेर विरोध जनाउनुभएको छ । राष्ट्रिय सभाको सोमवारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य रायमाझीले सडकमा कालो झण्डा लिएर उत्रने अवस्था नरहेको भन्दै राष्ट्रिय सभाको बैठकमा नै कालो क्याप उचालेर प्रतिकात्मक रूपमा विरोध जनाएको बताउनुभयो । 

शिरदेखि पाउसम्म कालो पोसाकमा बैठकमा सहभागी हुनुभएका रायमाझीले देशले थाहा पाओस् भन्दै सरकारको र प्रतिनिधि सभाको विघटनको विरोधमा आफूले कालो झण्डाको रूपमा क्याप प्रस्तुत गरेको बताउनुभयो । उहाँले टाउकोमा लगाएको कालो क्याप उठाएर घुमाउँदै सभामा उपस्थित सबैलाई देखाउँदै भन्नुभयो, मैले सिम्बोलिक रूपमा यो सरकारको विरुद्धमा र प्रतिनिधि सभा विघटनको विरुद्धमा यो आवाज उठाइरहेको छु ।

प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरिसकेपछि लाखौँ जनता सडकमा कालो झण्डा बोकेर निस्कनुपर्नेमा कोरोनाकाे जोखिम बढेकाले निस्कन नसकेको अवस्थामा अलग पोसाकमा उपस्थित भएर सभामा नै प्रतिगमनको विरोध गरेको बताउनुभयो ।

राष्ट्रिय सभा सदस्य रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकता गुमाइसकेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री ओली राजनीतिक, नैतिक लगायत सबै दृष्टिकोणबाट असफल भइसकेकाले असफल प्रधानमन्त्रीको रूपमा साबित भएको उहाँले दाबी गर्नुभयाे । 

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया