बिउँतियाे एमाले कार्यदल, सिंहदरबारमा बैठक

 असार २१, २०७८ सोमबार २०:३४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमाले विवाद समाधान गर्न गठित दश सदस्यीय कार्यदलको बैठक मङ्गलवार फेरि बस्ने गरी सकिएकाे छ । फुटको सङ्घारमै पुगेको एमालेलाई एकढिक्का बनाउने प्रयासका लागि यसअघि गठित कार्यदल बिउँतिएपछि कार्यदलको बैठक साेमवार सिंहदरबारमा बसेकाे हाे । 

अध्यक्ष ओलीका तर्फबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, शङ्कर पोखरेल र प्रदीप ज्ञवाली तथा नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट सदस्य रहेको कार्यदल बिउँताइएकाे हाे ।  

कार्यदलले पार्टी एकढिक्का बनाउन सहमतिका बिन्दु खोजिरहेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्च अदालतमा हस्ताक्षर बुझाएका सांसदहरूले आज बेलुका पाँच बजेसम्म हस्ताक्षर फिर्ता लिन चेतावनी दिए पनि सांसदहरूले हस्ताक्षर फिर्ता गरेका छैनन् ।

हस्ताक्षर फिर्ता नगरेको भन्दै कारबाहीको आशङ्का बढिरहेका बेला अध्यक्ष ओलीले कार्यदल बिउँताएर सहमतिको प्रयास थाल्नुभएको हो ।   

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया