सुनको भाउ तोलामा एक हजार दुई सय रुपैयाँले बढ्यो
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणका लागि आफूले गरेको भूमिकालाई सरकारले अवमूल्यन गरेको बताउनुभएको छ ।
मङ्गलवार संवाददातासँग कुरा गर्दै नेता महतले आजभन्दा १० वर्ष अगाडि आफू ऊर्जा मन्त्री भएको बेलामा आफ्नै पहलकदमीमा माथिल्लो तामाकोशीको काम सुरु भएको भए पनि सरकारले यसको निर्माणको स्वामित्व केवल आफूले मात्रै लिएको बताउनुभयो ।
तत्कालीन अवस्थामा आफूले नै काम नगर्ने ठेकेदारसँगको ठेक्का रद्द गरेर नेपाली सेनालाई काम गर्ने जिम्मा दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अपर तामाकोशी १० वर्ष अगाडि म ऊर्जा मन्त्री भएको बेला अघि बढेको हो । त्यो बेलासम्म यसको लगानी कसले गर्ने पनि अनिश्चित थियो । त्यहाँको बाटै जोडिएको थिएन । बाटो नबनिकन ठेक्का लगाउने कुरा भएन । ठेकेदारलाई बाटो बनाउन दिइएको थियाे तर उनीहरू काम नगरि बसिरहेका थिए । मैले नै एकल निर्णय गरेर, यो काम आर्मीलाई नलगाइ पहिरो पनि फोडिँदैन, त्यहाँ बाटो पनि पुग्दैन, त्यो नभएसम्म यो ठेक्का पनि लाग्दैन भनेर आर्मीलाई दिएपछि एसले टेक ओभर गरेर बाटो जोडेर त्यसपछि ठेक्का लगाउने परिस्थिति बनेको हो ।’
उहाँले आफ्नै पहलमा सरकारबाट ११ अर्ब रुपैयाँ लगानी गर्ने निर्णय गराएको बताउनुभयो । नेपाल टेलिकम, नेपाल सञ्चय कोष र नागरिक लगानी कोषको संयन्त्र जोडेर त्यतिबेला ३४ अर्ब रुपैयाँकाे लागत अनुमान गरिएको नेता महतले बताउनुभयो । पछिल्लो समयमा यसको निर्माणमा मिलेमतो, ढिलासुस्ती गर्दा समयमै काम सम्पन्न हुन नसकेको उहाँले दाबी गर्नुभयाे ।
जति बढे पनि माथिल्लाे तामाेकाेशीकाे लागत ४८/५० अर्ब रुपैयाँभन्दा बढी नजाने भए पनि लागतलाई ढिलासुस्ती र मिलेमतो लगायतका कारणले लागत रकम यो भन्दा पनि बढाइएको नेता महतले बताउनुभयो ।
आफूले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको कामलाई सुरु गरी योगदान गरेको भए पनि त्यसको मूल्याङ्कन नभएको नेता महतको गुनासो छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।