आज सहमति जुट्ने एमाले कार्यदलको विश्वास

 असार २४, २०७८ बिहीबार ७:१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेकपा एमालेको विवाद समाधानका लागि नेताहरु आज पनि छलफलमा जुट्दैछन् । हिजो कार्यदलमा रहेका नेताहरूको पहलमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ । 

दुई शीर्ष नेताहरुबीच हिजो विभिन्न विषयमा छलफल भए पनि सहमति भने जुट्न सकेन । पार्टीभित्रको शक्ति बाँडफाँड कसरी गर्ने भन्ने विषयमा ओली र नेपालबीच मुख्य विवाद देखिएको छ । 

दुवै पक्षको सहमतिमा बनाइएको युवा नेताहरू सम्मिलित कार्यदलले ओली र नेपाललाई विवाद समाधान गरी पार्टीलाई एकजुट बनाउन उच्च दबाब दिएपछि ओली र नेपाल छलफलमा जुटेका हुन् । विवाद समाधान गरी पार्टीलाई एकजुट बनाउन दुवै नेताहरूमा लचक देखिएको एमालेका दोस्रो तहका नेताहरूको भनाइ छ । 

हिजो बसेको कार्यदलको बैठक सहमति नजिक पुगेको र आज अन्तिम रुप दिइने नेताहरुले बताएका छन् । कार्यदलमा सबै तहका पार्टी र जनसङ्गठनका कमिटीहरु पूर्ववत् अवस्थामा फर्काउने सहमति भएको छ । माओवादी केन्द्र छाडेर आएका नेताहरुको व्यवस्थापन लगायतका विषयमा पनि सहमति जुट्न बाँकी छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच विवाद बढ्दै गएपछि सहमतिका लागि दुवै पक्षका नेताहरू रहेको कार्यदल गठन भएको हो ।
 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया