एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल समूह 'बी' मा

 असार २५, २०७८ शुक्रबार १४:२०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – एएफसी २३ वर्षमुनिको एसियन कप छनोटमा नेपाल समूह 'बी' मा परेको छ । एएफसीले आज शुक्रवार सार्वजनिक गरेको छनोटको समूह विभाजनमा नेपाल समूह 'बी' मा परेको हो ।

नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । समूह 'बी' को छनोट खेल आउँदो अक्टोबर २३ देखि ३१ सम्म हुनेछ । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग खेल्नेछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तान र अन्तिम खेल लेबनानसँग खेल्नेछ ।

छनोटमा रहेका ११ समूहका शीर्ष टोलीले एएफसी २३ वर्षमुनिको एसियन कप खेल्ने छन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि छनोट हुने छन् ।

उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका छ ।  

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया