आज अमेरिकी डलरसहित केही विदेशी मुद्राको भाउ बढ्यो
माघ १६, २०८१ बुधबार
काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व परिवर्तन हुनु अत्यावश्यक रहेको बताउनुभएको छ । शनिवार क्रियाशील सदस्य छानबिन समितिले काम गरिरहेको ठाउँमा कामको अवलोकन गर्न पुग्नुभएका नेता पौडेलले संवाददातालाई प्रतिक्रिया दिँदै सभापति शेरबहादुर देउवाको नेतृत्व परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो ।
उहाँले वर्तमान सभापतिको नेतृत्व परिर्वतन व्यक्ति परिवर्तन मात्र नभएर प्रवृत्तिको परिवर्तन पनि भएकाले आसन्न महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने बताउनुभयो । पार्टीको आउँदाे नेतृत्व लिने व्यक्तिका लागि आफ्नो समूहबाट साझा उम्मेदवार बनाउने कोसिस भइरहेकाे वरिष्ठ नेता पाैडेलकाे भनाइ छ ।
समय र परिस्थिति तथा आवश्यकता हेरेर कोही एक जनालाई उम्मेदवार बनाउन कसरत भइरहेको उहाँले बताउनुभयो । अहिले आफूले पनि दाबी गरिरहेको सभापति पदमा अर्को व्यक्तिलाई समर्थन गर्न आफू तयार रहेको उहाँले खुलासा गर्नुभयो । तर आफूले कसैलाई छोड्नु अगाडि चित्तबुझ्दो कारण चाहिने नेता पाैडेलकाे तर्क छ ।
उहाँले महाधिवेशनका लागि आवश्यक आधारका रूपमा रहेको क्रियाशील सदस्यताको विवाद असार मसान्तभित्र टुङ्गिने विश्वास आफूले लिएको बताउनुभयो । भदौ २३ अगाडि पार्टीको महाधिवेशन नगरे संविधान विपरीत हुने र पार्टीमाथि नै प्रश्न चिह्न खडा हुने भएकाले तोकिएको मितिमा महाधिवेशन गर्नुको विकल्प नभएको नेता पौडेलले बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।