माधव नेपाल जस्ता 'लाजसरम' हराएका नेतालाई एमालेमा ठाउँ छैन : ओली

 असार ३०, २०७८ बुधबार १६:४८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिक्रियावादीको हितका लागि आफ्नै पार्टीको सरकार ढालेको आरोप लगाउनुभएको छ ।

सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुगेपछि ओलीले पार्टीका नेता नेपालतर्फ लक्षित गर्दै बिकाउ तत्त्वहरूले प्रतिक्रियावादीको पछि लागेर पार्टी र  जनताको शक्तिका विरुद्ध काम गरेको बताउनुभयो । 

उहाँले माधवकुमार नेपाललाई लाजसरम हराएका नेता भएको भन्दै उहाँलाई अब एमालेमा कुनै ठाउँ नभएको बताउनुभयो । ‘माधव नेपाल जस्ता लाजसरम हराएका मान्छेहरूलाई एमालेमा ठाउँ छैन, अरूले आत्मालोचना गरे भने पार्टीमा भित्र्याउन सकिन्छ तर माधव नेपाललाई पार्टीको कुनै जिम्मेवारी दिन सकिन्न’, ओलीले भन्नुभयो । 

बुधवार दिउँसो ओलीलाई युथ फोर्सका कार्यकर्ताले स्कर्टिङ गरेर बालुवाटारबाट निजी निवास बालकोट पुर्‍याएका थिए । कौशलटारदेखि बालकोटसम्म कार्यकर्ताले ओलीको पक्षमा र माधवकुमार नेपाल तथा माओवादी अध्यक्ष प्रचण्डको विरुद्धमा नाराबाजी गरेका थिए ।    

तस्बिर : रासस 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • आकाश कुलुङ राई

    July 14, 2021, 5:38 p.m.

    माकुनेलाई बिल्कुल स्थान नदिनुहोस् । माकुनेरहित एमाले नै आजको आवश्यकता हो । यस्तो गद्दार नेतालाई स्थान दिनु भनेको नालायकपन हो । कम होस् तर विशुद्ध होस् ।

  •  0 Reply

तपाईको प्रतिक्रिया