खेलाडीको क्षमता अभिवृद्धि गर्न क्यानले ‘ब्याटिङ क्याम्प’ सञ्चालन ...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – ललिता निवास जग्गा प्रकरणमा मुद्दा चलाइएका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा हुनुभएको छ । विशेष अदालतले गच्छदारलाई १० लाख रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएपछि उहाँ रकम बुझाएर तारेखमा रिहा हुनुभएको हो ।
यसअघि फरार सूचीमा रहनुभएका गच्छदार आज बुधवार बिहान आफैँ विशेष अदालतमा उपस्थित हुनुभएको थियो । भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छादारविरुद्ध नाै करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
बालुवाटारको ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा बनाएको अभियोगमा २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दर्ता भएको हो । उहाँसँगै एक सय ७५ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो । यो मुद्दाका केही व्यक्ति रिहा भइसकेका छन् भने केहीमाथि मुद्दा चलिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।