खेलाडीको क्षमता अभिवृद्धि गर्न क्यानले ‘ब्याटिङ क्याम्प’ सञ्चालन ...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – नेपाली कांग्रेसको आज बिहीवार बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । आउँदो महाधिवेशन र सरकार सञ्चालनका विषयमा छलफल गर्नका लागि आज दिउँसो २ बजे पदाधिकारीको बैठक बस्ने तयारी थियो ।
तर प्रधानमन्त्री शेरबहादुर देउवाको कार्य व्यस्तताका कारण आजको बैठक भोलि शुक्रवारका लागि सारिएको पार्टी कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले उज्यालोलाई जानकारी दिनुभयो । कांग्रेसमा मन्त्री बन्ने आकाङ्क्षी धेरै भएकाले सबै पक्ष समेटेर मन्त्री बनाउन देउवालाई दबाब रहेको छ ।
यस्तै चौधौँ महाधिवेशनका लागि क्रियाशील सदस्यताको विवाद पनि छिटै टुङ्ग्याउनुपर्ने माग बढ्दै गएको छ । सदस्यताको विवादलाई लिएर पार्टी कार्यालयमै नेता कार्यकर्ताले धर्ना दिइरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।