नेपाललाई भेट्न प्रचण्ड र विप्लव कोटेश्वरमा, समसामयिक विषयमा छलफल

 असार ३१, २०७८ बिहीबार ११:२८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका नेता माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच आज बिहीवार भेटवार्ता भएको छ । 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न प्रचण्ड र नेत्रविक्रम चन्द विप्लव नेता नेपालको निवास कोटेश्वर जानुभएको हो ।  भेटमा अहिलेको राजनीतिक परिस्थिति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बाँस्तोलाले उज्यालोलाई जानकारी दिनुभयो । 

आजै प्रधानमन्त्री शेरबहादुर देउवासित पनि भेटघाट गर्ने तयारी रहेको नेता बाँस्तोलाले बताउनुभयो । एमालेभित्र अन्तर–द्वन्द्व बढिरहेकै बेला अहिले भइरहेको भेटघाटलाई महत्त्वका साथ हेरिएको छ । हिजो विप्लवले प्रचण्डलाई उहाँकै निवास खुमलटारमा पुगेर भेट्नुभएको थियो । 

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि एमालेभित्र फेरि विवाद बढेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालकै कारण पछिल्लो स्थिति सिर्जना भएकाले उहाँलाई एमालेमा कुनै ठाउँ नभएको टिप्पणी गर्नुभएको छ भने नेपाल पनि ओलीसँग एकताको पक्षमा हुनु हुन्न ।

तस्बिर ; गङ्गा दाहालकाे फेसबुकबाट

 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया