साउने ३ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन मन्त्रिपरिषद्को सिफारिस

 असार ३१, २०७८ बिहीबार १६:५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सरकारले साउन ३ गतेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफरिस गरेको छ ।

आज (बिहीवार) सिंहदरबारमा बसेको बैठकले साउन ३ गते ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवम् कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

गएको सोमवार असार २८ गते सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै संसद् अधिवेशन साउन ३ गते बेलुकी ५ बजेभित्र बोलाउन आदेश दिएको थियो ।  

यस्तै बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद एक वर्ष थप गर्ने निर्णय गरेकाे छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया