यस्ता छन् अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा एमालेको सोमवार बसेको बैठकले पार्टीको 'ह्विप' विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार २४ घण्टाभित्रमा सांसदहरूले दिएको जवाफको आधारमा पार्टीले कारबाही प्रक्रिया अगाडि बढाउनेछ ।
भाेलि मङ्गलबार बस्ने केन्द्रीय कमिटी बैठकले 'फ्लोर क्रस' गरेर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदहरूलाई सम्भवतः कारबाही प्रक्रिया अगाडि बढाउने छ । यस बैठकले लामो समयदेखि विवादमा रहेको पार्टी संस्थापन पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको विवादलाई वार–पार गर्न सक्ने अनुमान गरिएको छ । बैठकमा उपस्थित केन्द्रीय कमिटी सदस्यहरूले 'फ्लोर क्रस' गर्ने सांसदहरूलाई पार्टीले कारबाही गर्न ढिलो गर्न नहुने मत राखेका छन् । बढीभन्दा बढी केन्द्रीय सदस्यहरूले माधव नेपाल पक्षले अक्षम्य राजनीतिक अपराध गरेको भन्दै माफी दिन नसकिने बताएका छन् । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी थिएनन् ।
विभिन्न जिल्लाबाट एमाले केन्द्रीय कमिटी बैठकमा उपस्थित केन्द्रीय सदस्यहरूसँग पछिल्लो पार्टी विवादको सम्बन्धमा हामीले कुराकानी गरेका छाैँ । कुराकानीमा एमाले केन्द्रीय सदस्यहरूले माधवकुमार नेपाल पक्षधरलाई एमालेमा स्वीकार गर्न नसकिने बताएका छन् ।
केन्द्रीय कमिटी सदस्य मना केसीले माधवकुमार नेपाल पक्षले 'फ्लोर क्रस' गर्नुलाई इतिहासले क्षम्य नगर्ने बताउनुभयो । याे समूहले कम्युनिस्ट आन्दोलनप्रति समर्पित सबैका निम्ति घातक निर्णय गरेको बताउनुभयो ।
केन्द्रीय कमिटी सदस्य बद्रीप्रसाद न्यौपानेले एकताका निम्ति गठित कार्यदलले गरेको १० बुँदे सहमतिलाई पार्टीले ग्रहण गरिसकेको भन्दै माधवकुमार नेपालबाहेकका नेताहरूलाई आत्मालोचनासहित पार्टीमा फर्किँदा ठाउँ रहेको बताउनुभयो । यसरी फर्किनेलाई पार्टीमा उचित जिम्मेवारी दिने प्रतिबद्धता ओलीले गरेको उहाँले बताउनुभयो ।
केन्द्रीय कमिटी सदस्य उमा कोइरालाले विपक्षीलाई विश्वासको मत दिएर आफ्ना पार्टीका सांसदले 'गद्दारी' गरेको बताउनुभयो । याे समूहलाई पार्टीबाट निष्कासन गर्नुपर्ने उहाँले बताउनुभयो । स्पष्टीकरण सोधेर प्रक्रिया पुर्याइ पार्टीबाट निष्कासन गरिने केन्द्रीय कमिटी सदस्य काेइरालाकाे भनाइ छ । आफूहरू नागरिकमा लोकप्रिय भएको भन्दै उहाँले माधव समूहलाई कारबाही गरेर हटाउँदा सङ्गठन कमजोर नहुने पनि उहाँले जिकिर गर्नुभयो ।
केन्द्रीय कमिटी सदस्य कर्णबहादुर थापाले विश्वासको मत दिएर असंसदीय, पार्टी र कम्युनिस्ट आन्दोलन विरोधी गतिविधि गरिएको बताउनुभयो । नेपाल पक्षले नागरिक र मतदातालाई धोका दिएको भन्दै उनीहरू आफैँले स्वघोषणा गरेर एमाले परित्याग गरेको थापाले धारणा राख्नुभयो ।
केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले संसदमा विकृत रूप देखिएको बताउनुभयो । जति छिटो पार्टीलाई एकताबद्ध बनाउन सकिन्छ त्यति छिटो यस्ता विकृत कदम रोकिने भन्दै उहाँले पार्टी एकतामा जोड दिनुभयो । पार्टीको आइतवारको केन्द्रीय कमिटी बैठकले कार्यदलको १० बुँदे सहमतिको स्वामित्व ग्रहण गरेको केन्द्रीय कमिटी सदस्य रिजालकाे भनाइ छ । अब एमालेमा कुनै पनि नेता, कार्यकर्ता प्रणालीभन्दा बाहिर जानु नपर्ने तथा सबैको दायित्व, जिम्मेवारी र अधिकार एमालेमा स्थापित छ भन्ने स्थापित भएको उहाँले उल्लेख गर्नुभयो ।
केन्द्रीय कमिटी सदस्य लीला गिरीले 'फ्लोर क्रस' लाई घातक तथा कालो दिनको रूपमा चित्रण गर्दै यसले देशकाे संसदीय र प्रजातान्त्रिक व्यवस्थालाई नोक्सान पुर्याएकाे बताउनुभयो । यसको असर इतिहासमा देखिने उहाँको भनाइ छ । याे पार्टीविरुद्धको जघन्य अपराध भएकाले अपराध गर्नेहरूविरुद्ध कारबाही गरिनुपर्ने उहाँको मत छ ।
केन्द्रीय कमिटी सदस्य मोहन बानियाँले आफ्नै पार्टीको प्रधानमन्त्रीलाई अपदस्थ गराउनका लागि राजनीतिक अपराध भएको बताउनुभयो । यसले पार्टीलाई मात्र नभइ स्वयम् व्यक्तिलाई पनि घाटा हुने उहाँको तर्क छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग पार्टी एकताको सम्भावना नभएको उहाँले स्पष्ट पार्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।