माधव नेपाललाई भेटे लगत्तै प्रचण्ड बालुवाटारमा

 साउन ५, २०७८ मंगलबार ११:१३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुग्नु भएको छ ।

उहाँहरुबीच मन्त्रिपरिषद् विस्तारसहित पछिल्लो राजनीतिक विषयमा कुराकानी हुने बुझिएको छ । यस अघि प्रचण्डले एमाले नेता माधवकुमार नेपालसँग उहाँकै निवास कोटेश्वरमा भेटवार्ता गर्नु भएको थियो ।

प्रधानमन्त्री देउवाले माधव पक्ष सरकारमा जाने नजाने निश्चित भए पछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नु भएको छ । यस्तै, प्रचण्ड र नेपालबीच छलफल सकिए पछि जनता समाजवादी पाटी जसपाका अध्यक्ष उपेन्द्र यादव पनि कोटेश्वर पुग्नु भएको थियो ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया