प्रधानमन्त्री कप महिला क्रिकेट : आज गण्डकी र कर्णाली तथा एपीएफ ...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच आज बुधवार बेलुका छलफल भएको छ । अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका बारेमा छलफल गर्न विप्लवसहितका नेता बालुवाटार पुगेका हुन् ।
गएको फागुन २० गते तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेर विप्लव नेतृत्वको नेकपा खुला राजनीतिमा आएको हो । तर सहमतिअनुसार कार्यकर्ता रिहाइ लगायतका माग पूरा नभएकाले नयाँ सरकार बनेलगत्तै विप्लवले राजनीतिक भेटघाटलाई तीव्र बनाउनुभएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीन बुँदे सम्झौता गरेर भूमिगत राजनीति परित्याग गर्नुभएका चन्दको ओली सत्ताबाट बाहिरिएसँगै भइरहेको राजनीतिक भेटवार्तालाई चासोका साथ हेरिएको छ ।
पछिल्ला एक हप्ताभित्र चन्दले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराई, आफ्ना राजनीतिक गुरु एवं नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा र प्रभु साह, एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।