गण्डकीदेखि पश्चिमी भेगमा वर्षा र सबै हिमाली भेगमा हिमपातको स...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – नेपाली कांग्रेसले पार्टीका बैठक प्रधानमन्त्री निवास बालुवाटारमा नगर्ने भएको छ । कांग्रेसका नेता पूर्णबहादुर खड्काले अब पार्टीका कुनै पनि बैठक प्रधानमन्त्रीको सरकारी निवासमा नगर्ने जानकारी दिनुभएको छ ।
भोलि शुक्रवार बस्ने पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने नेता खड्काले बताउनुभएको छ ।
खड्काले ट्विटरमा लेख्नुभएको छ, ‘विगतको गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेस पार्टीको औपचारिक बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने, त्यही निर्णय कार्यान्वयनको प्रारम्भ गर्दै भोलि साउन ८ गतेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बूढानीलकण्ठमा बस्दै छ ।’
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले पार्टीका बैठक सरकारी निवासमा गरेर सरकारी सम्पत्तिको दुरुपयोग गरेको भन्दै व्यापक आलोचना भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।