गण्डकीदेखि पश्चिमी भेगमा वर्षा र सबै हिमाली भेगमा हिमपातको स...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले नागरिकतासम्बन्धी विधेयक पास नहुन्जेलसम्मका लागि संविधानले प्रदान गरेको मौलिक अधिकार उपभोग गर्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य डा. पौड्यालले झन्डै ६ लाख नेपाली आमाका सन्तान नागरिकताविहीन भइरहँदा पनि संसदबाट नागरिकतासम्बन्धी विधेयक पास हुन नसकेको बताउनुभयो । नागरिकतासम्बन्धी विधेयक पास हुन नसक्दा लाखौँले संविधानको मौलिक हकले प्रदान गरेको अधिकार उपभोग गर्न नपाएको उल्लेख गर्दै उहाँले विधेयक पास नहुन्जेलसम्म त्यस अधिकारको उपभोगका लागि अस्थायी व्यवस्थापन गनुपर्ने बताउनुभएको हो ।
उहाँले राजनीतिक सहमति हुन नसकेमा संसदमा फ्लोर क्रस गरेर भए पनि नागरिकतासम्बन्धी विधेयक अगाडि बढाइनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यदि दलीय सहमति नजुटेर नागरिकताको विधेयक पास गर्न सकेका छैनौँ भनेदेखि फ्लोर क्रस गर्ने त अब चलन चलिसकेको छ । त्यस्ता कुरामा फ्लोर क्रस गरौँ, जसले नागरिककाे टड्कारो आवश्यकतालाई पूर्ति गर्छ । सबैलाई भोट हाल्न लगाऔँ न त । आमाको नाममा नागरिकता दिने भनेर संविधानले भनिसकेपछि त्यही कुरा लेखेर आएको विधेयक किन पास हुँदैन ? कि हामी सबै पितृ सत्तालाई बोकेर हिँड्ने मान्छे छौँ यहाँ ? होइन भने अहिले पास हुनुपर्थ्याे । नागरिकताको विधेयक पास नहुन्जेलसम्म ६ लाख नागरिकले मौलिक अधिकारका सम्पूर्ण कुरा उपभोग गर्न पाउने गरी अस्थायी व्यवस्थापन गरौँ । जे लेखेर दिनुपर्छ लेखेर दिऔँ । नेपाली आमाको सन्तान नागरिकताविहीन भएर मौलिक अधिकारको उपयोग गर्न नपाएर बस्नु नपरोस् भनेर म ध्यानाकर्षण गराउन चाहन्छु ।’
नागरिकता विधेयकको सम्बन्धमा राजनीतिक दल र सांसदहरू जवाफदेही बन्न नसकेको उहाँले बताउनुभयो । ६ लाख बढी नागरिकलाई नागरिकता दिन नसकेर सांसदहरूले अपराध गरिरहेको पौड्यालले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।