गण्डकीदेखि पश्चिमी भेगमा वर्षा र सबै हिमाली भेगमा हिमपातको स...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पिपुल्स भोलेन्टियर (पीभी) घोषणा गर्नुभएको छ । बिहीवार भक्तपुर सूर्य विनायकमा एक पार्टी प्यालेसमा युवा सङ्घ नेपालले आयोजना गरेको ४३ औँ पुष्पलाल स्मृति दिवस तथा ‘पिपुल्स भोलेन्टियर’ घोषणा कार्यक्रममा एमाले वरिष्ठ नेता नेपालले एक हजार एक सदस्यीय पिपुल्स भोलेन्टियर घोषणा गर्नुभएको हो । एमालेको आठौं महाधिवेशनले विघटन गरेको पीभी फेरि बिउँताइएकाे हो ।
पिपुल्स भोलेन्टियरको प्रमुखमा शिव श्रेष्ठ तथा सचिवमा मनोज खत्रीलाई जिम्मेवारी दिइएको वरिष्ठ नेता नेपालले कार्यक्रममा जानकारी गराउनुभयो । पिपुल्स भोलेन्टियर घोषणा गर्दै उहाँले यो कम्युनिस्ट विचारबाट अघि बढ्ने बताउनुभयो । उहाँले युवालाई मानिसमा हुनुपर्ने राम्रो गुण सिक्न र नराम्रो बानी त्याग पनि आग्रह गर्नुभयो । भोलेन्टियरले अरूले जे गर्छ त्यो नगर्ने पनि उहाँले स्पष्ट पार्नुभयो । आफूहरू हिम्मतिलो र परिवर्तन गर्न चाहने युवा पङ्क्ति तयार गर्न चाहेको उल्लेख गर्दै नेता नेपालले युवालाई जनसेवा, देशभक्ति र लोकतन्त्रका लागि अघि बढ्न अपिल पनि गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो कम्युनिस्ट विचारबाट अघि बढ्ने सङ्गठन हुनेछ पिपुल्स भोलेन्टियर । राम्रा मानिसको गुण तपाईँहरूले सिक्नुपर्छ । नराम्रो बानी नसिक्नुहोला । यो कुरामा म विशेष जोड दिन चाहन्छु । राम्रो बानी, ब्यहाेरा भयो भने मान्छेले गौरवबोध गर्नेछन् । युवा सङ्घले निर्माण गर्ने पिपुल्स भोलेन्टियर असल मानिसको स्वभाव बोकेको स्वयंसेवक बन्नुपर्दछ । अरूले जे गरे त्यो दोहोर्याउने हाेइन । ’
वरिष्ठ नेता नेपालले आफूहरूसँग सही विचार भएको उल्लेख गर्दै सही विचार हुनेहरू आत्तिनुपर्ने आवश्यकता नभएको बताउनुभयो । सही विचारको पक्षमा हजारौँ मान्छे पछि लाग्ने पनि उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।