माधव नेपालसहित २२ सांसदले दिए पार्टीले साेधेकाे स्पष्टीकरणकाे जवाफ

 साउन ७, २०७८ बिहीबार २०:४३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेता नेपालसहित २२ सांसदले आज बिहीवार स्पष्टीकरणको जवाफ पठाएका हुन् । 

प्रतिनिधि सभा पुनर्स्थापना भएपछि विश्वासको मत नपाएका ओलीले संसदीय दलको नेताबाट राजीनामा नदिइ आफैँ प्रधानमन्त्री बन्न खोजेपछि त्यस्तो कार्यको विरोध स्वरूप विभिन्न क्रियाकलाप भएको र त्यसलाई विधान विपरीत भन्न नमिल्ने स्पष्टीकरण पत्रमा भनिएको छ ।

प्रतिनिधि सभाको पुनर्स्थापना र वैकल्पिक सरकार बनाउन संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रक्रियामा प्रतिनिधि सभाको सदस्यको हैसियतले सहभागी भइ मतदान गरेको स्पष्टीकरण पत्रमार्फत भनिएको छ ।

‘सम्मानित सर्वाेच्च अदालतले २०७८ असार २८ गते प्रतिनिधि सभाको पुनर्स्थापना गर्दा संविधानको धारा ७६ को उपधारा ५ को प्रक्रियामा सहभागी भइ मतदान गर्न पाउने प्रतिनिधि सभाका सदस्यको एक विशिष्ट प्रकृतिको अधिकार भएकाले त्यो मतदानलाई लिएर कुनै किसिमको कारबाही गर्न नमिल्ने भनी प्रतिषेधको आदेश जारी गरेको छ’, पत्रमा भनिएको छ ।    

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ganesh Bahadur karki

    July 23, 2021, 4:02 a.m.

    आफ्नो सरकार ढालेर अर्को पाटि को नेता लाई मन्त्री बनाउने त जस्तो गद्दारी यो सन्सार मा अरु को हुन सक्छ ,,, चुनाव मा जाँउ जनताले जसलाई मन्त्री बनाउछन् तेहि मन्त्री हुन्छ भनेको त थियो नि केपि ले त गद्दार होस तलाई जनता ले चिनिसकेका छन् कहिले माफ गर्ने छैनन्

  •  0 Reply

तपाईको प्रतिक्रिया