गण्डकीदेखि पश्चिमी भेगमा वर्षा र सबै हिमाली भेगमा हिमपातको स...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सर्वोच्च अदालतको फैसलाले धेरै कुरा भत्काएको बताउनुभएको छ । सर्वोच्चले परमादेश दिनुले राज्यका अङ्गबीचको नियन्त्रण र सन्तुलनको सिद्धान्त अन्तर्गत नभएकाले राज्यका अङ्गबीचको सन्तुलन गुमेको उहाँले बताउनुभएको हो ।
प्रतिनिधि सभाको आज शुक्रवारकाे बैठकमा प्रधानमन्त्रीलाई दलका नेताको तर्फबाट बधाई तथा शुभकामना दिँदै नेम्वाङले फैसलाले धेरै कुरालाई भत्काउँदै प्रधानमन्त्री पदलाई कमजोर बनाएको टिप्पणी गर्नुभयो ।
अब राजनीतिक आन्दोलन गर्ने समय सकिएको भन्दै नेम्वाङले आफूहरू जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउनुभयो । नेम्वाङले प्रतिनिधि सभा अधिवेशनको पहिलो बैठकमा कुनै पनि विशेष काम गर्न नहुने भए पनि सरकारले विश्वासको मत लिएको भन्दै असन्तुष्टि जनाउनुभयो ।
यस्तै उपनेता नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनाव नसार्न पनि आग्रह गर्नुभयो । नेम्वाङले जनादेश प्राप्त नभएकाले सरकारमा जान्नँ भन्ने शेरबहादुर देउवालाई अहिले बधाई दिनुपर्ने अवस्था आएको पनि बताउनुभयो । संविधानले प्रधानमन्त्री चयनको व्यवस्था गरेको र त्यो भनेको नागरिककाे जनादेशबाट हुने गरेको नेम्वाङको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।