गण्डकीदेखि पश्चिमी भेगमा वर्षा र सबै हिमाली भेगमा हिमपातको स...
माघ ३, २०८१ बिहिबार
कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले नेपाली कांग्रेस र माओवादी केन्द्रका तीन/तीन जना गरी ६ जना मन्त्री थप्नुभएको हो ।
नवनियुक्त ६ मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा मुख्यमन्त्री पाैडेलले शपथ गराउनुभएको हो ।
गण्डकी सरकारमा कांग्रेसबाट मणिभद्र शर्माले पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री; मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्री र विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री बन्नुभएको छ । त्यस्तै माओवादी केन्द्रका रामजी बराल अर्थ मन्त्री, चन्द्रबहादुर बुढा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री र दीपक थापा वन, वातावरण तथा भूसंरक्षण मन्त्रीमा नियुक्त हुनुभएको छ ।
योसँगै गण्डकी प्रदेश सरकार ११ सदस्यीय भएको छ । यसअघि जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त पोखरेलले कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका गरी पाँच सदस्यीय मन्त्रिमण्डल बनाउनुभएको थियो । कुमार खड्का, राजीव गुरुङ (दीपक मनाङे), मधुमाया अधिकारी र हरिशरण आचार्य मन्त्री बन्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।