इजरायल र हमासबीच युद्धविराम सम्झौता, आइतवारदेखि पूर्ण युद्धवि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै - नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ९ बजे पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बस्न लागेको हो ।
बैठकमा क्रियाशील सदस्यता छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाउने तयारी छ । रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले झण्डै ५ महिना लगाएर प्रतिवेदन तयार पारेको छ । त्यस्तै १४ औं महाधिवेशनको तयारी र वडा अधिवेशनबारे छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
कांग्रेसले यसअघि आजदेखि तय गरेको वडा अधिवेशन भने स्थगित भएको छ । कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाण्डौमा गर्ने कार्यतालिका छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।