अमेरिकी डलरको भाउ केही घट्यो
माघ ३, २०८१ बिहिबार
रुपन्देही – लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गते बुधवारका लागि बाेलाइएकाे छ । प्रदेश प्रमुख अमिक शेरचनको निर्देशनअनुसार प्रदेश सभा सचिवालयले २७ गतेका लागि बैठक बाेलाएकाे हो ।
बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे छलफल हुनेछ । यस पटक लुम्बिनीमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव पास हुने विपक्षीहरूले दाबी गर्दै आएका छन् ।
आज मात्रै प्रदेश सभा सदस्य विमला वलीले आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएको आरोप लगाउँदै आफू माओवादी केन्द्रमै रहेको बताउनुभएको थियो । वली माओवादीमा आएको घोषणा गरेसँगै लुम्बिनीमा विपक्षी बलियो अवस्थामा देखिएका छन् ।
८० सदस्य प्रदेश सभा कायम रहेकाले बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ । एमालेसँग ३९ जना मात्रै सदस्य रहेका मुख्यमन्त्री शङ्कर पोखरेललाई बहुमत जुटाउन अझै दुई मतको कमी रहेको छ । विपक्षी गठबन्धनसँग भने बहुमत अर्थात् ४१ सदस्य नै रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।