सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार

 साउन २१, २०७८ बिहीबार १७:४६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीवार बसेको कार्यदलको बैठकले कार्यविधिको अन्तिम खाका तयार पारेको हो । याे कार्यविधि सत्ता साझेदार दलका शीर्ष नेतालाई छिट्टै बुझाइने छ । ‘चाँडै नै प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाउँछौँ’, कार्यदलका सदस्य सचिव केशवराज जोशीले भन्नुभयो । 

कार्यविधिलाई अन्तिम रूप दिन कार्यदलको आज बिहानैदेखि बैठक बसेको थियो । बैठकमा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहनुभएका कार्यदलका संयोजक पूर्णबहादुर खड्कासहित कांग्रेसका डा. मिनेन्द्र रिजाल र रमेश लेखक, नेकपा माओवादी केन्द्रका देव गुरुङ र वर्षमान पुन तथा जनता समाजवादी पार्टी जसपाका राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सहभागी हुनुहुन्छ । 

कार्यदलले गठबन्धन सरकारको प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम, सङ्घीयताको कार्यान्वयनलगायत विषय समेटेर साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । सत्तारुढ शीर्ष नेतृत्वले छलफल गरी याे प्रतिवेदन सार्वजनिक गर्ने सदस्य सचिव जोशीले जानकारी दिनुभयो । न्यूनतम साझा कार्यक्रमको टुङ्गो लगाएपछि केही दिनभित्र सरकारले पूर्णता पाउने बताइएको छ । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया