अमेरिकी डलरको भाउ केही घट्यो
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा एमालेका नेता रघुजी पन्तले नेपाल पक्ष सरकारमा जाने कुनै सम्भावना नभएको बताउनुभएको छ । एमालेको नेपाल पक्षका केन्द्रीय सदस्यहरूको बैठकका बारेमा जानकारी दिँदै उहाँले यस्ताे बताउनुभएको हो ।
नेता पन्तले भन्नुभयाे, ‘हामी सरकारमा जाने सम्भावना नै छैन । हामी एउटै पार्टीमा छौँ । एमालेमा छौँ । प्रतिपक्षमा छौँ ।’
बैठकमा वरिष्ठ नेता नेपालले सहमतिका निम्ति वार्तामा अझै पनि सामेल भएको भन्दै एकता आफ्नो इच्छा र चाहना भएको बताउनुभएको नेता पन्तले जानकारी दिनुभयो ।
यस्तै वरिष्ठ नेता नेपालले कोरोनाविरुद्धको खोपको व्यवस्था गरेर सबै नागरिकलाई लगाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यस्तै बाढी, पहिरो पीडित नागरिकलाई गाँस, बासको व्यवस्था गर्दै मृतकको परिवारलाई क्षतिपूर्ति दिन र दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणको यथार्थ जानकारी बाहिर ल्याउनुपर्नेमा पनि वरिष्ठ नेता नेपालले सरकारलाई आग्रह गरेको नेता रघुजी पन्तले बताउनुभयो ।
आजको बैठकमा दश जनाभन्दा धेरै केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेको नेता पन्तले जानकारी दिनुभयो । बैठक भोलि शुक्रवार बिहान साढे ११ बजे फेरि बस्ने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।