दार्चुला घटनामा सरकारले भारतसँग कुरा गर्न सकेन, याे वीपीकाे अपमान हाे : काेमल वली

 साउन २२, २०७८ शुक्रबार १६:२३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य कोमल वलीले दार्चुलाको जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको भन्दै यसले कांग्रेसका संस्थापक वीपी कोइरालाकै अपमान भएको टिप्पणी गर्नुभएको छ ।

शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै वलीले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको र समिति बनाएर टार्न खोजेको बताउनुभयो । उहाँले वीपी कोइरालाले छिमेकी देश भारत र चीनसँग ठाडै संवाद गर्ने गरेको स्मरण गराउँदै यस विषयमा सरकारले भारतसँग कुरा गर्न नसक्नु वीपीकै अपमान भएको टिप्पणी गर्नुभएको हो । 

उहाँले वर्तमान सरकारले देश चलाउन नसक्ने र नागरिकलाई सुरक्षा पनि दिन नसक्ने बताउनुभयो । 

राष्ट्रिय सभा सदस्य वलीले भन्नुभयो, ‘नेपाली नागरिककाे अपमान हुँदा, तुइन काटेर यौटा युवालाई मारिँदा एक शब्द नबोल्ने ? समिति बनाएर टार्ने ? यही हो वीपीका अनुयायीहरूको चरित्र ? यो वीपी कोइरालाको अपमान हो । वीपीले बनाएको पार्टीको अपमान हो । नेपाली कांग्रेसका कार्यकर्तामाथिको अपमान हो । वीपीले बनाएको पार्टी कांग्रेसलाई विश्वास गर्ने नेपाली नागरिककाे अपमान हो । यो इतिहासको अपमान हो । स्वाभिमानको अपमान हो । र मानवतावादको अपमान हो । देश, मानवीय, नागरिककाे विषयलाई साराले तुइन काटेको भनेर भन्दा रिपोर्ट पर्खने कुरा हुन्छ ? वीपीले त्यति बेला रिपोर्ट पर्खेको भए के हुन्थ्यो ? वीपीको नाम रहन्थ्यो ? समयलाई चिन्न नसक्ने, समयलाई हाँक्न नसक्ने, कति बेला कसको सरकार गिर्छ र पदमा बसौँला भन्नेबाट देश कहिल्यै चल्न सक्दैन । देशलाई पर्दा, नागरिकलाई पर्दा औँला ठड्याउन नसक्नेहरूले देशकाे रक्षा कहिल्यै गर्न सक्दैनन् । नागरिककाे सुरक्षा पनि हुन सक्दैन ।’

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया