वर्तमान सरकार ‘देशमारा’ र ‘गरिबमारा’ नहाेस् : रामनारायण बिडारी

 साउन २२, २०७८ शुक्रबार १६:५४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले वर्तमान सरकार देशमारा र गरिबमारा हुने नहुने बताउनुभएकाे छ । शुक्रवारको राष्ट्रिय सभा बैठकमा बिडारीले भन्नुभयाे, ‘सरकारले छिटाे भन्दा छिटाे वास्तविक गरिबहरूलाई जग्गा वितरण गराेस् । याे सरकार देशमारा र गरिबमारा नहाेस् ।’

यस्तै उहाँले संवैधानिक आयोगमा अघिल्लो सरकारले गरेको नियुक्ति बदर गर्न राष्ट्रिय सभाले निर्देशन दिनुपर्ने बताउनुभयाे । बिडारीले अघिल्लो सरकारले गैरसंवैधानिक रूपमा अध्यादेशमार्फत संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेर संवैधानिक निकायलाई कमजोर पारेको भन्दै ती नियुक्ति बदर गर्न राष्ट्रिय सभाले निर्देशन दिनुपर्ने बताउनुभएको हो । 

उहाँले भन्नुभयो – ‘राष्ट्रिय सभा जस्तो गरिमामय सभाले भनोस्, अध्यादेशद्वारा भएका सम्पूर्ण काम कारबाहीमा राजनीतिक सहमतिद्वारा ती नियुक्ति बदर गरेर ठिक बाटोमा, संविधानका बाटोमा फेरि कार्य गर्नू भनी निर्देशन पनि दिन सकौँ ।’

उहाँले संवैधानिक आयोग अपाङ्ग भएको, अदालतमाथि आलोचना भएको याे बेलामा संविधान विरोधीहरू खुसी भएको र धर्मको नाममा राजतन्त्रको कुरा माग्न थालेको टिप्पणी पनि गर्नुभयो । 

राष्ट्रिय सभा सदस्य बिडारीले भन्नुभयो, ‘संवैधानिक आयोग अपाङ्ग भयो । अन्तर्राष्ट्रिय मान्यतामा प्रश्न उठ्यो । मानव अधिकार आयोग थरथर काम्नुपर्ने भयो । संसदको गरिमा पनि घट्यो । अदालतको आलोचना हुन थाल्यो । प्रधानन्यायाधीशमाथि प्रश्न उठ्न थाल्यो । संवैधानिक अङ्गहरू निष्प्रभावी भयो । संविधान विरोधीहरू खुसी भए । नेपाल विरोधीहरू नाच्न थाले । यही मौका छोपेर धर्मको नाममा मूर्ति चोरहरूले राजतन्त्रका कुरा माग्न थाले ।’   

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया