सभापति कप : एनआरटीलाई हराउँदै आयोजक बाग्मती फाइनलमा
माघ १६, २०८१ बुधबार
काठमाण्डाै – नेकपा एमालेकाे माधव नेपाल पक्षले पार्टीको सदस्यता नवीकरण गर्नेलगायतका सबै खालका साङ्गठनिक गतिविधि तत्काल रोक्न पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग माग गरेको छ ।
वरिष्ठ नेता नेपाल पक्षका केन्द्रीय सदस्यहरूको बिहीवार सुरु भएर आज शुक्रवार सकिएकाे बैठकले पार्टी एकतामा भाँजो हाल्ने काम हुने निष्कर्ष निकाल्दै एकतर्फी रूपमा पार्टीको सदस्यता नवीकरण गर्नेलगायतका साङ्गठनिक गतिविधि तत्काल रोक्न अध्यक्ष ओलीसँग माग गरेको हो ।
पार्टी एकतालाई भाँजो हाल्ने भएकाले पार्टीको सदस्यता नवीकरणलगायतका सबै खालको साङ्गठनिक गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराइएको नेता रघुजी पन्तले जानकारी दिनुभयो । बैठकले पार्टी एकताका लागि आवश्यक निर्णय लिने जिम्मेवारी आफू पक्षका स्थायी कमिटीका नेताहरूलाई दिने निर्णय पनि गरेको छ ।
नेता पन्तले भन्नुभयो, ‘पार्टी एकताका लागि कुराकानी र वार्ता चलिरहेका बेला एक पक्षीय ढङ्गले सदस्यता नवीकरण, अधिवेशन र पुनर्गठन जस्ता काम अघि बढाइनुले एकतालाई भाँजो हाल्ने काम हुन्छ । त्यसैले तत्काल सदस्यता नवीकरण जस्ता सबै साङ्गठनिक गतिविधि रोक्न यो बैठक सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गर्दछ ।’
बैठकमा नेपाल पक्षका केन्द्रीय सदस्यहरूले पार्टी एकतामै जोड दिएका थिए । त्यसको जवाफ दिने क्रममा वरिष्ठ नेता नेपालले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताउनुभएको थियो । उहाँले आफूले पार्टी एकताकै पक्षमा जोड दिन चाहेको उल्लेख गर्दै त्यही ढङ्गले आफ्नो मनोबल र उत्साहलाई कामय राख्दै पार्टी एकताको प्रयत्नलाई जारी राख्न पनि आफू पक्षका केन्द्रीय सदस्यहरूलाई आग्रह गर्नुभयो ।
नेता नेपालले बैठकमा अध्यक्ष ओलीले आफूहरूलाई अलमलाउन खोजेको हो कि ? भन्ने आशङ्कासमेत व्यक्त गर्नुभएको नेता पन्तले बताउनुभयो । वरिष्ठ नेता नेपालको भनाइ उद्धृत गर्दै नेता पन्तले भन्नुभयो, ‘केपी ओलीले जति नै गाली गरे पनि आफू पार्टी एकताबद्ध होस् भन्ने पक्षमा छु । एकताका लागि मेरो प्रयत्न जारी छ । पार्टी एकतामा जोड दिन चाहन्छु ।’
माधव नेपाल पक्षले १० बुँदे सहमतिलाई पार्टी एकताको आधार भएको उल्लेख गर्दै थप आधार तयार पार्न सजगताका साथ अध्यक्ष ओली पक्षसँगको वार्तालाई निरन्तरता दिनुपर्ने आवश्यक्ता समेत औँल्याएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।